मेयर कप तेक्वान्दोमा बागमती प्रदेश टिम च्याम्पियन

नेपालभ्युज

मेयर कप तेक्वान्दोमा बागमती प्रदेश टिम च्याम्पियन

काठमाडौं।  आयोजक बागमती प्रदेशले प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ। बाग्मती ६ स्वर्ण, २ रजत र ९ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा ५ स्वर्ण, ३ रजत र ४ कांस्य जितेको लुम्बिनी प्रदेश दोश्रो भयो। तेश्रो स्थानमा चित्त बुझाएको नेपाल आर्मीले ५ स्वर्ण, २ रजत र ७ कांस्य हात पार्यो।

प्रतियोगिताको पुरुषमा लुम्बिनीका सपन थापा तथा महिलामा बाग्मतीकी स्वस्तिका महर्जन उत्कृष्ट खेलाडी घोषित भए।

विजेतालाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, आयोजक बाग्मती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। दुईदिने प्रतियोगितामा ११ टिमका ३ सय ३० खेलाडीले विभिन्न २४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved