एमसीसीविरुद्ध सडक संघर्षमा उत्रियो नेमकिपा

सभामा बोल्दै सुवालले सो सम्झौता राष्ट्रघाती भन्दै संसद्मा पेश गर्न नदिन सांसद्हरुलाई अपिल गरे। उनले सो सम्झौता खारेज नभएसम्म आफूहरुले आन्दोलन जारी राख्ने चेतावनी दिए।

नेपालभ्युज

एमसीसीविरुद्ध सडक संघर्षमा उत्रियो नेमकिपा

काठमाडौं। एमसीसी सम्झौता राष्ट्रघाती भएको निष्कर्षमा पुगेको नेपाल मजदुर किसान पार्टीले सो सम्झौता संसद्मा पेश समेत नगर्न सरकार र सांसद्हरुलाई दवाव दिँदै खबरदारी सभा गरेको छ।

शुक्रबार काठमाडौंको नयाँबानेश्वर चोकमा नेमकिपाले सो सम्झौता संसद्मा पेश नगर्न दवाव दिँदै खबरदारी सभा गरेको हो।

सभामा बोल्दै सुवालले सो सम्झौता राष्ट्रघाती भन्दै संसद्मा पेश गर्न नदिन सांसद्हरुलाई अपिल गरे। उनले सो सम्झौता खारेज नभएसम्म आफूहरुले आन्दोलन जारी राख्ने चेतावनी दिए।

नेता सुवालले एमसीसी सम्झौता संसद्बाट पारित भए भारत र अमेरीकी सेनाको नेपाल परेडस्थल बन्ने र एक सेकेन्डमै नेपाल ध्वस्त हुने दाबी समेत गरे। उनले एमसीसी सम्झौता गरेर देशलाई घात गर्नेहरुलाई सबैले चिन्नुपर्ने पनि बताए।

नेता सुवालले भने, “देश घात गर्ने एमसीसी सम्झौता गर्ने शासकहरुलाई चिन्नुपर्छ। र ती दलका इमान्दार सांसद्हरुलाई हामी भन्न चाहन्छौं– यो संसदमा पेश गर्न नदिनु होला। र यसलाई पास गर्नु हुन्न। यसलाई कार्यान्वयन गर्नु हुन्न।”

एमसीसीलाई श्रीलंकाले जसरी राष्ट्रिय सुरक्षामा खतरा हुने भन्ने निष्कर्ष निकालेर खारेज गर्नु आवश्यक भएको सुवालले बताए। उक्त सम्झौता खारेज नभएसम्म नेमकिपाले नेपाली जनतासँग मिलेर संघर्ष चालू राख्ने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved