बागलुङमा हिमपात, जनजीवन प्रभावित

नेपालभ्युज

बागलुङमा हिमपात, जनजीवन प्रभावित
फाइल तस्वीर

काठमाडौं। बागलुङका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। मंगलबार साँझदेखि वर्षासँगै हिमपात भएपछि जनजीवन प्रभावित भएको छ।

जैमिनी नगरपालिका–३ गाजाको दह क्षेत्रमा हिमपात भएको स्थानीय शिक्षक अगन्धर सापकोटाले जानकारी दिए। “गाजाको दह सिङ्गारिएको छ, यो साँच्चिकै सुन्दर देखिएको छ”, हिउँमा खेल्दै गरेको दृष्य सामाजिक सञ्जालमा सार्वजानिक गर्दै उनले लेखेका छन्।

मंगलबार साँझ देखिनै सो क्षेत्रमा हिमपात भएको थियो। ढोरपाटन क्षेत्र, घुम्टेको धुरी र आसपासका क्षेत्रमा हिमपात भएको छ।

साथै, ताराखोलाका विभिन्न पहाड, काठेखोला गाउँपालिकाको घोडाबाँधे र जैमिनी नगरपालिकाको हाँडीकोटमा हिमपात भएको छ।

हिमपात र वर्षाका कारण बिशेषगरी विद्यालय जाने बालबालिका, पशुचरन गर्ने गोठाला तथा दैनिक दिनचर्या रहेका मानिसमा यसको असर परेको छ।

हिमपात भएका क्षेत्रमा युवायुवतीले भने रमाइरहेका छन्। वर्षा र हिमपातले हिउँदे बाली गहुँ र जौ बालीलाई भने निकै राम्रो भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताए।

हिमपात र वर्षाका कारण सबैभन्दा धेरै ज्येष्ठ नागरिक र बालबालिका प्रभावित भएका छन्। उच्च पहाडी क्षेत्रका विद्यालयसमेत प्रभावित भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved