देशैभर वर्षा र हिमपात : चन्द्रागिरि हिउँले ढाकियो, हेटौंडा-काठमाडौं राजमार्ग अवरुद्ध

देशैभर वर्षा र हिमपात : चन्द्रागिरि हिउँले ढाकियो, हेटौंडा-काठमाडौं राजमार्ग अवरुद्ध

काठमाडौं। राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा हिमपात भएको छ। रातभरि परेको वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात शुरु भएको हो।

चन्द्रागिरिमा यस वर्ष पहिलो पटक हिमपात भएको र हिउँले डाँडा पूरै सेताम्य भएका चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले जानकारी दिए।

देशभर आज मौसम बदली भई उच्च पहाडी र हिमाली क्षेत्रमा हिमताप भएको छ। अन्य क्षेत्रमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्रिभुवन राजपथ अवरुद्ध

मकवानपुर-त्रिभुवन राजपथअन्तर्गत पर्ने मकवानपुर जिल्लाको सीमभञ्ज्याङ र अघोरमा हिउँ पर्नाले हेटौँडा-काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको छ।

गए रातिदेखि बाक्लो हिउँ पर्नाले आज बिहान सवा ७ बजेदेखि यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए।

उनका अनुसार उक्त स्थानमा अहिले हिउँ परिरहेकाले काठमाडौँबाट हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौँतर्फ जाने विभिन्न सवारीसाधन सञ्चालन गर्दा दुर्घटना हुने सम्भावनाको जोखिम देखिएकाले यातायात सञ्चालनमा रोक लगाएको हो।

मौसम सुधार भएमा आज दिउँसो अपराह्नसम्ममा हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved