सुदूरपश्चिम : पहाडमा भारी हिमपात, तराईमा वर्षा

प्रदेश राजधानीसँगै अन्य ठाउँसँगको यातायात सम्बन्ध टुट्यो

सुदूरपश्चिम : पहाडमा भारी हिमपात, तराईमा वर्षा

धनगढी।  देशभर आज (बुधबार) वर्षासँगै पहाडी भेगमा हिमपात भएको छ। सुदूरपश्चिमका पहाडी जिल्लामा पनि वर्षासँगै हिमपात भएको छ। मंगलबार रातिदेखि सुदूरपश्चिमका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातसँगै वर्षा भएको हो।

सुदूरका पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम, डोटी, डडेल्धुरा, बैतडी र दार्चुलामा भारी हिमपात भएको स्थानीयले बताएका छन्।

यस्तै तराईका जिल्लाहरू कैलाली कञ्चनपुरमा वर्षा शुरु भएको छ। लामो समयपछि हिमपातसँगै पानी परेको भन्दै यहाँका किसानहरू भने हिउँदे बाली सप्रिने भन्दै खुशी भएका छन्।

हिमपात र वर्षासँगै बढेको चिसोका कारण यहाँको जनजीवन भने कष्टकर बनेको छ। हिमपातका कारण पहाडी जिल्लाबाट प्रदेश राजधानीसँगै अन्य ठाउँसँगको यातायात सम्बन्ध टुटेको छ।

डडेल्धुराको हगुल्टे, साउखर्क, तेल्यालेक, बैतडीको ढोल्या मोड, खोड्पे बजार, अनारखोली, नाचन्थलीलगायत ठाउँमा बाक्लो हिमपात भएका कारण पहाडी जिल्ला भित्रिने-बाहिरिने सावरी साधनहरू बाटोमै रोकिएका छन्।

प्रदेशको राजधानी धनगढी र महेन्द्रनगरबाट सुदूरका पहाडी जिल्लाका लागि छुटेका रात्रिकालीन सेवाका बसहरू बाटोमै रोकिएका छन्।बैतडीको खोड्पे, डडेल्धुराको अनारखोली र अन्य ठाउँमा भएको हिमपातले बझाङ, बैतडी र दार्चुलाको यातायात सेवा प्रभावित भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved