अफगानिस्तानमा महिलाले ७२ किलोमिटरभन्दा टाढा एक्लै हिंड्न नपाउने

नेपालभ्युज

अफगानिस्तानमा महिलाले ७२ किलोमिटरभन्दा टाढा एक्लै हिंड्न नपाउने

एजेन्सी। अफगानिस्तानमा ७२ किलोमिटरभन्दा टाढाको यात्राका लागि महिलाले परिवारका पूरुष सदस्यलाई पनि लिएर हिंड्नुपर्ने नियम लागु भएको छ।

अफगानिस्तानको सत्तामा रहेको तालिवानी समूहले यस्तो निर्देशिका जारी गरेको हो। हिजाब वा बुर्का लगाएका महिलालाई मात्रै ट्याक्सीमा चढाउन पनि तालिवानले ट्याक्सी ड्राइभरहरुलाई निर्देशन दिएको छ।

मानवअधिकार पर्यवेक्षक नामक समूहले अफगानी महिलाहरू यस्ता नियमले बन्दी बन्ने दाबी गरेको छ।

‘‘महिलाहरूको स्वतन्त्र रूपमा हिंडडुल गर्ने अवसरलाई यसले बन्द गरिदिएको छ।घरमा हिंसा सामना गरिरहेका महिलाहरूलाई त्यसबाट बाहिर उम्कने ढोका पनि यस आदेशले बन्द गरिदिएको छ,’’ समूहकी एशोसियट निर्देशक हेथर बरले एएफपी न्युज एजेन्सीसँग भनेकी छिन्।

‘‘मलाई निकै दुख लाग्यो,’’ काबुलमा बस्ने फतिमाले यस आदेशबारे प्रतिक्रिया दिदैं बीबीसीसँग भनेकी छिन्,‘‘म स्वतन्त्र रुपमा बाहिर जान पाउँदिन। यदी, मेरा श्रीमान् नभएको समयमा मेरो छोरा बिरामी भयो भने मैले के गर्ने ?’’

उनले थपिन्,‘‘तालिवानले हामीसँग हाम्रो खुसी र स्वतन्त्रता दुबै खोसेको छ।’’

गत अगस्ट सत्ता कब्जा गरेयता निरन्तर महिला अधिकार हनन गरिरहेकोे आरोप तालिवानमाथि लाग्दै आएको छ।

तालिवानले बनाएका कडा नियमहरूका कारण माध्यमिक तहमा पढ्ने किशोरीहरु विद्यालय जानबाट वन्चित छन्। त्यस्तै, महिलाहरू काम गर्नबाट वन्चित छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved