माओवादीको सात सदस्यीय अध्यक्ष मण्डल घोषणा

नेपालभ्युज

माओवादीको सात सदस्यीय अध्यक्ष मण्डल घोषणा

काठमाडौं। नेकपा (एकीकृत माओवादी केन्द्र)ले सात सदस्यीय अध्यक्ष मण्डल घोषणा गरेको छ। काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा जारी माओवादीको आठौँ महाधिवेशनअन्तर्गत आज बन्दसत्रमा अध्यक्ष मण्डल घोषणा गरिएको हो।

बन्दसत्रमा नेता नारायणकाजी श्रेष्ठले कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, पर्शुराम तामाङ, पर्शुराम रम्तेल, पूर्णकुमारी सुवेदी र रूपा श्रेष्ठ महर्जनलाई अध्यक्षमण्डलका लागि प्रस्ताव गरेकोमा हलले अनुमोदन गरेको हो।

आइतबारदेखि शुरु भएको महाधिवेशन पाँच दिन (बिहीबार)सम्म चल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved