सर्वाेच्चले भन्यो : चार्ल्स शोभराजलाई थुनामा राख्नुको कारण देखाऊ

सर्वोच्च अदालतले विकिनी किलरका नामले परिचित चार्ल्स शोभराजलाई थुनामा राखेको बारेमा कारण देखाऊ आदेश जारी गरेको छ।

नेपालभ्युज

सर्वाेच्चले भन्यो : चार्ल्स शोभराजलाई थुनामा राख्नुको कारण देखाऊ

काठमाडौं। सर्वोच्च अदालतले विकिनी किलरका नामले परिचित चार्ल्स शोभराजलाई थुनामा राखेको बारेमा कारण देखाऊ आदेश जारी गरेको छ।

न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले यस्तो आदेश गरेको हो। उनलाई थुनामा राख्नुका कारण तीन दिनभित्र कारण पेस गर्न सरकारलाई आदेश दिएको हो।

उनी सन् २००३ देखि केन्द्रीय कारागार सुन्धारामा कैद सजाय काटिरहेका छन्। ७७ वर्षका शोभराजले आधा सजाय कटाइसकेका छन्। आफूलाई छाड्नुपर्ने माग उनको छ।

शोभराजले अधिवक्ता शकुन्तला थापामार्फत ज्येष्ठ नागरिकले पाउनुपर्ने ७५ प्रतिशत कैद छुटको सुविधा दिलाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए।

सन् १९७५ मा अमेरिकी र क्यानेडियन नागरिकको हत्यामा उनलाई काठमाडौं र भक्तपुर जिल्ला अदालतले दोषी ठहर गरेको थियो।

अमेरिकी नागरिक कोन्निजो ब्रोन्जिजलाई काठमाडौंको मनहरामा हत्या गरेको दुई दिनमै उनले क्यानेडेली नागरिक लरेन्ट अरमान क्यारिअरेको भक्तपुरको साँगामा हत्या गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved