न्यायालय विवादमा सरकारले चासो दिनुपर्छ : महान्यायाधिवक्ता खाती

नेपालभ्युज

न्यायालय विवादमा सरकारले चासो दिनुपर्छ : महान्यायाधिवक्ता खाती

काठमाडौं। महान्यायाधिवक्ता खम्म बहादुर खातीले सर्वोच्च अदालतको विवादबारे सरकारले चासो राख्नुपर्ने बताएका छन्। महान्यायाधिवक्ताको कार्यालयको ७१ औं स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले दलहरूबीचको असहमतिकाबीचमै सहमति खोजेर भए पनि सर्वोच्च विवादलाई निकाश दिनुपर्ने बताए।

न्यायको धरोहर भनिने सर्वोच्चमै अहिले सेवाग्राहीले न्याय नपाएको गुनाशो बढिरहेकाले यसमा सरकारी पक्षको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुनुपर्ने उनको भनाइ थियो। अहिले नेकपा एमाले गरिरहेको संसद् अवरोधका कारण संसद् पनि सुचारु हुन नसकेकाले प्रतिपक्षसँग बैठक बसेर र सर्वदलीय बैठक बोलाएर भए पनि निकाश खोज्न प्रधानमन्त्री शेरबहादुर देउवालाई उनले अनुरोध गरे।

‘‘सेवाग्राहीले न्याय नपाएको गुनाशो सुन्निराखेको, म प्रधानमन्त्रीसँग निवेदन गर्छु कि अहिले संसद् पनि राम्रोसँग सुचारु हुन नसकेकाले प्रतिपक्षसँग छलफल गरेर र सर्वदलीय बैठक बसेर भए पनि यो निकाश चाहिन्छ,” उनले भने।

लोकतन्त्र, मानव अधिकार, विधिको शासन र स्वतन्त्र, सक्षम, उत्तरदायी न्यायपालिकाका सन्दर्भमा न्यायमूर्ति, बार र न्यायका प्रसंगमा बिकृति, विसंगतिका विषयमा प्रश्न उठेकाले यसलाई निकाश दिन उनले प्रधानमन्त्री देउवालाई अनुरोध गरे।


Comment

One thought on “न्यायालय विवादमा सरकारले चासो दिनुपर्छ : महान्यायाधिवक्ता खाती

  1. महान्यायाधिवक्ता खम्म बहादुर खातीले सहि भन्नु भो l समस्यालाई अल्झाएर राखी रहने होइन सुल्झाउनु अति आब्यश्यक छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved