ललितपुर महानगरले आजदेखि कोरोना प्रभावितलाई सहयोग दिने

नेपालभ्युज

ललितपुर महानगरले आजदेखि कोरोना प्रभावितलाई सहयोग दिने

काठमाडौँ। ललितपुर महानगरपालिकाले कोरोना प्रभावितलाई आजदेखि सहयोग उपलब्ध गराउने भएको छ।

कोरोना सङ्क्रमणबाट ज्यान गुमाएकाहरूको परिवार, सङक्रमित भई आइसोलेसन वा भेन्टिलेटरमा उपचार गराएका र अस्पताल भर्ना भई सामान्य उपचार गराएकाहरूलाई राहत रकम वितरण गर्न लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए।

महानगरपालिकाले कोरोना भाइरसको सङक्रमणका कारण ज्यान गुमाउने व्यक्तिको परिवारलाई एक लाख २० हजार, आइसोलेसन वा भेन्टिलेटरमा उपचार गराएकालाई ६० हजार र सामान्य उपचार गराएकालाई ३० हजार रुपैयाँ राहत रकम उपलब्ध गराउने अर्यालले बताए।

महानगरपालिकाले सूचना निकालेर राहत रकमको लागि आज बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म महानगरपालिकाको सभा हलमा सम्पर्क गर्न अनुरोध गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved