एमसीसी सम्झौता बढाउन सरकारको दायित्व हो : गृहमन्त्री खाँड

नेपालभ्युज

एमसीसी सम्झौता बढाउन सरकारको दायित्व हो : गृहमन्त्री खाँड

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँडले एमसीसी सम्झौतालाई‍ बढाउनु सरकारको दायित्व भएको बताएका छन्।

मंगलबार जनकपुरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री खाँडले एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा शुरु भएको भन्दै एमसीसी प्रस्ताव देशको विकासका लागि नेपाल सरकारले नै अघि बढाएको पनि बताए।

गृहमन्त्री खाँडले एमसीसी परियोजना ऋणमा नभई निःशर्त अनुदान भएको स्पष्ट पारे। सरकारले नेपालको विद्युतीकरण र सडक निर्माणका लागि गरेको प्रस्तावलाई अमेरिकी सरकारले स्वीकार गरी यो परियोजना आएको उनले बताए।

भने, “एमसीसीबारे केही भ्रम पनि होलान्। यो अमेरिकन सरकारले गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गरिरहेको छ। यसैअन्तर्गत नेपाल सरकारले विद्युतीकरण र विद्युतीकरणको पनि ट्रान्समिशन स्थापनाका लागि र सडक निर्माणका लागि प्रस्ताव गरेको हो। र त्यसलाई उहाँहरुले स्वीकार गर्नुभएको हो। यो निःशर्त अनुदान हो। एमसीसीको जुन परियोजना छ, त्यो ऋणमा होइन, अनुदानमा हो। दलहरूबीच छलफल भइराख्या छ। छलफलबाट निष्कर्ष निस्किन्छ र अगाडि बढ्छ।”

नेपाली कांग्रेस प्रदेश २ अधिवेशन आजदेखि जनकपुरमा हुँदै छ। यसैका लागि मन्त्री खाँड जनकपुर पुगेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved