ओमिक्रोनको त्रासपछि सीमामा कडाइ  

नेपाल–भारत सीमा क्षेत्रमा रहेका दुवै देशका सुरक्षाकर्मीले कडाइ गरेका छन् ।

नेपालभ्युज

ओमिक्रोनको त्रासपछि सीमामा कडाइ  

काठमाडौं। भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन देखिएपछि नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता बढाइएको छ। नेपाल–भारत सीमा क्षेत्रमा रहेका दुवै देशका सुरक्षाकर्मीले कडाइ गरेका छन् ।

नेपालगन्ज नाकाबाट पछिल्लो समय दैनिक २ सय नेपाली स्वदेश फर्किने गरेको प्रहरी तथ्यांक छ । तर, यो संख्या पहिलेको भन्दा धेरै हो । कामका लागि भारत गएर फर्किने नेपालीलाई कोरोना रिपोर्ट हेरेर मात्र अनुमति दिइएको छ।
सीमामा निगरानी बढाउन स्वास्थ्य सेवा विभागले निर्देशन दिएसँगै सतर्कता बढाइएको हो।

नेपालगन्जस्थित जमुनाह नाकामा सतर्कता बढाइएको छ। सीमामा चैतदेखि नियमित रूपमा एन्टिजेन परीक्षण हुँदै आएको छ । परीक्षणमा दुई जनामा पोजेटिभ केस फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नाकामा मात्र ५० हजार जनामा एन्टिजेन परीक्षण गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved