महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित

महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल छिमेकी देश भारतसँग पराजित भएको छ।

नेपालभ्युज

महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित

काठमाडौं। महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल छिमेकी देश भारतसँग पराजित भएको छ। ढाकामा आइतबार भएको १९ वर्षमुनिको खेलमा नेपाल भारतसँग एक–शून्य गोलले पराजित भएको हो।

गोल अन्तरमा नेपाल बङ्गलादेश भन्दा अघि छ। नेपालले बङ्गलादेशसँग बराबरी खेलेको थियो भने श्रीलङ्का र भुटानलाई हराएको थियो।

फाइलन पुग्नका लागि नेपाललाई आजको खेल कम्तीमा बराबरी गर्नुपर्ने थियो। नेपालको फाइलन प्रवेशको झिनो आशा भने कायमै रहेको छ।

नेपालसँगै सात अङ्क रहेको बङ्गलादेश श्रीलङ्कासँगको खेलमा पराजित भए मात्रै नेपाल फाइलनमा पुग्न सक्नेछ। तर, श्रीलङ्का र बङ्गलादेशबीचको खेल बराबरीमा सकियो या बङ्गलादेश विजयी भयो भने नेपाल फाइनल पुग्न असफल हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved