‘ओलीले इतिहासमै गर्व गर्ने काम गरेपछि एमालेमाथि प्रहार भयो’

सभामुखले मार्गप्रशस्त नगरेसम्म संसद् चल्न नदिने अडान

नेपालभ्युज

‘ओलीले इतिहासमै गर्व गर्ने काम गरेपछि एमालेमाथि प्रहार भयो’
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेविरुद्ध मोर्चाबन्दी गरेर प्रहार भइरहेको बताएका छन्।

२५ र २६ मंसीरमा बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रका पक्षमा एमालेले राम्रो काम गरेकाले घेराबन्दी गरेर प्रहार गर्ने प्रवृत्ति देखिएको बताए।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमालेले नेपालको स्वाधिनता र स्वाभिमानका लागि इतिहासमै पहिलोपटक गर्व गर्नसक्ने स्थिति निर्माण गरेको दाबी गर्दै त्यसविरुद्ध अस्थिरता चाहनेहरूले प्रहार गरिरहेको उनको भनाइ थियो। देशलाई अस्थिरतातर्फ धकेलिरहने समूहले रोक्न खोज्दाखोज्दै ओलीको नेतृत्वमा संविधान बनाएपछि प्रहार शुरु भएको उनले बताए।

फरक प्रसंगमा सर्वोच्चले फैसला नगरेसम्म वा सभामुख अग्निप्रसाद सापकोटाले मार्गप्रशस्त नगरेसम्म संसद् चल्न नदिने उनले बताए। आफूहरूले सर्वोच्चको निर्णय मान्ने गरेकाले फैसला हुनुपर्ने वा सभामुखले गल्ती सच्चाएर मार्गप्रशस्त गरे मात्रै अन्य विषयमा एमाले प्रवेश गर्ने उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved