२ माघदेखि जिल्ला र उच्च अदालतमा पनि गोला प्रणालीबाट पेशी तोकिने

नेपालभ्युज

२ माघदेखि जिल्ला र उच्च अदालतमा पनि गोला प्रणालीबाट पेशी तोकिने
फाइल फाेटाे

काठमाडौं। सर्वोच्च अदालतले देशभरीका जिल्ला अदालत र उच्च अदालतमा पनि गोला प्रक्रियाबाट पेशी तोक्न गृहकार्य शुरु गर्ने भएको छ।

सर्वोच्च अदालतका न्यायाधीशहरूको बुधबार बसेको पूर्ण बैठकले जिल्ला र उच्च अदालतमा पेशी व्यवस्थापन गराउनका लागि आवश्यक अध्ययन गर्न अदालत प्रशासनलाई निर्देशन दिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए।

“जिल्ला र उच्च अदालतमा गोला प्रणाली लागु गर्न जिल्ला अदालत नियमावली, २०७५ र उच्च अदालतको नियमावली, २०७३ को संशोधन गर्नुपर्ने हुन्छ,” उनले भने, “साथै जिल्ला र उच्च अदालतका निर्देशिका पनि संशोधन गर्नुपर्ने हुन्छ। त्यसको विस्तृत अध्ययन गर्न बैठकले अदालत प्रशासनलाई निर्देशन दिएको हो”

दुवै नियमावली र निर्देशिकाको संशोधन गरी माघ २ गतेबाट जिल्ला र उच्च अदालतमा पनि गोला प्रणालीबाट पेशी तोकिन शुरु हुने प्रवक्ता दाहालले दावी गरे।

आज बसेको पूर्ण बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा भने उपस्थित थिएनन्। अन्य न्यायाधीशहरूको पूर्ण बैठकले निर्णय गरी हस्ताक्षर गर्नका लागि जबरा कहाँ पु¥याइएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved