आईसीटी २०२१ को प्रायोनक डिशहोम फाइबरनेट

नेपालभ्युज

आईसीटी २०२१ को प्रायोनक डिशहोम फाइबरनेट

काठमाडौं। डिशहोम फाइबरनेटले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा परिचित ‘आईसीटी अवार्ड २०२१’ को प्रायोजन गरेको छ। छैटौं संस्करणको आईसीटी अवार्डको प्रायोजकका रूपमा डिशहोमले सम्झौता गरेको हो।

सम्झौता अनुसार आईसीटी अवार्डका १५ विजेतालाई कम्पनीले २५ एमबीपीएस इन्टरनेट प्रदान गर्ने छ।

छैटौं संस्करणको यस अवार्डमा तथा नवीनतमअन्तर्गत ह्वावे स्टार्टअप आइसीटी अवार्ड, प्रोडक्ट आईसीटी अवार्ड, राइजिङ स्टार इनोभेसन आईसीटी अवार्ड र पब्लिक च्वाइस आइसीटी अवार्ड विधाहरू समावेश भएका छन्।

व्यक्तिलाई प्रदान गरिने अवार्डहरूमा एन्टरप्रेनर आईसीटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, नेपाल बैंक पायोनियर आईसीटी अवार्ड र एनसेल वुमन आइकन आईसीटी अवार्ड विधाहरू रहेका छन्।

संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइवेट सेक्टर), डिजिटल सर्भिसेस आइसिटी अवार्ड र डिजिटल गभर्नेन्स आइसिटी अवार्ड विधाहरू समावेश छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved