एमालेले चयन गर्‍यो सातै प्रदेश अध्यक्ष, स्थायी कमिटीमा अटाए घनश्याम

नेपालभ्युज

एमालेले चयन गर्‍यो सातै प्रदेश अध्यक्ष, स्थायी कमिटीमा अटाए घनश्याम

काठमाडौं । नेकपा एमालेले आइतबार (आज) चयन गरेको पार्टीको स्थायी कमिटी सदस्यमा घनश्याम भूसाललाई समावेश गरेको छ। पार्टीको १० औँ महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएका भूसाललाई पार्टीले कमिटीमा चयन गरेको हो।

आइतबार बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले पोटिलब्यूरो सदस्यसहित स्थायी कमिटी सदस्य पनि चयन गरेको छ।

यस्तै पार्टीको केन्द्रीय कमिटीको बैठकले प्रदेश कमिटीको अध्यक्ष पनि चयन गरेको छ। शनिबारबाट बसेको केन्द्रीय समितिको बैठकले प्रदेश १ मा तुलसीप्रसाद न्यौपाने, प्रदेश २ मा रामअवतार यादव, बागमती प्रदेशमा केशवराज पाण्डे, गण्डकी प्रदेशमा नवराज शर्मा, लुम्बिनीमा राधाकृष्ण कँडेल, कर्णालीमा विनोदकमार शाह र सुदूरपश्चिममा दामोदर भण्डारी अध्यक्षमा चयन भएका छन्।

उपत्यका विशेष कमिटीको अध्यक्षमा पनि आइतबार (आज) बसेको केन्द्रीय समितिको बैठकले प्रेम पराजुलीलाई चयन गरेको छ। यस्तै एमालेले ८ माघमा प्रदेश अधिवेशनको मिति पनि सार्वजनिक गरेको छ।

असोजमा सम्पन्न पार्टीको पहिलो विधान अधिवेशनले पलिटब्यूरो नराख्ने बताए पनि महाधिवेशनस्थल चितवनमा पुगेपछि उक्त निर्णयलाई संशोधन गर्‍यो। विधान संशोधनसहित ९९ जना पोलिटब्यूरो स्थापना गर्ने निर्णयअनुसार नै केन्द्रीय समितिको बैठकले पोलिटब्यूरो सदस्य चयन गरेको हो।

९९ जना पोटिलब्यूरो सदस्यामा १९ पदाधिकारी सहति ८० जना सदस्य चयन भएका छन्।

घनश्याम भूसाल, गुरु बराल, देवराज घिमिरे, भिमप्रसाद आचार्य, किरण गुरुङ, खगराज अधिकारी, लालबाबु पण्डित, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, एमलाल कँडेल, अग्निप्रसाद खरेल, प्रभु साह, राजन भट्टराई, सीता पौडेल, बिन्दा पाण्डे, गोरख बोगटी, राजेन्द्र गौतम, रामनाथ थापा, शेरबहादुर तामाङ, शिवमाया तुङ्बाहाम्फे, हिक्मत कार्की, गोकुल बास्कोटा, महेश बस्नेत, अरुण नेपाल, देवी ज्ञवाली, परशुराम मेघी गुरुङ, पुरुषोत्तम पौडेल, आनन्द पोखरेल, लिला गिरी, जगत विश्वकर्मा, बालकृष्ण ढुंगेल, जितबहादुर गौतम, ईश्वरी रिजाल, विनोद श्रेष्ठ, सुमन प्याकुरेल, भैरव सुन्दर श्रेष्ठ, राम दयाल मण्डल, बैजनाथ चौधरी, गोकुल घर्ती, दलबहादुर राना, डकराज सिग्देल, लिलानाथ श्रेष्ठ, खेममान खड्का, राजेन्द्र रावत, नारदमुनि राना, लिलाबहादुर थापा मगर, सुजिता शाक्य, ज्वाला कुमारी साह, मोहन बाँनिया, मञ्जु चौधरी, अच्युत मैनाली, बिशाल भट्टराई, गणेश ठगुन्ना, खिमलाल भट्टराई, दधीराम न्यौपाने, देवेन्द्र दाहाल र रामेश्वर फुँयाललाई पार्टीले पोटिलब्यूरो सदस्यका रूपमा चयन गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved