एनआरएनएमा अन्योल, निर्वाचन प्रमुखले दिए राजीनामा

अहिले अध्यक्ष पन्त पक्षले निर्वाचनको तयारी गरिरहेको छ। तर, अध्यक्षका अर्का दाबेदार कुल आचार्य पक्षले भने प्रतिनिधि विवाद सुल्झाएर मात्रै निर्वाचनमा जान सकिने बताउँदै आएको छ।

नेपालभ्युज

एनआरएनएमा अन्योल, निर्वाचन प्रमुखले दिए राजीनामा

काठमाडौं। गैरआवासीय नेपाली संघ, एनआरएनएको निर्वाचन समितिका प्रमुखले राजीनामा दिएका छन्। एनआरएनएमा विवाद चर्किएपछि निर्वाचन समितिका प्रमुख लिलामणि पौडेलले राजीनामा दिएका हुन्।

निर्वाचन समितिका प्रमुख पौडेलले एनआरएनएका अध्यक्ष कुमार पन्तलाई राजीनामा बुझाएका हुन्। पौडेल नेपाल बार एसोसिएसनका महासचिवसमेत हुन्।

२६ र २७ डिसेम्बरमा हुने भनिएको एनआरएनएको निर्वाचन निरन्तर विवादमा पर्दै आएको छ। संस्थापन र प्रतिपक्षीबीच विवाद बढ्दै जाँदा एनआएनएको अधिवेशन नै अन्योलमा परेको हो।

अहिले अध्यक्ष पन्त पक्षले निर्वाचनको तयारी गरिरहेको छ। तर, अध्यक्षका अर्का दाबेदार कुल आचार्य पक्षले भने प्रतिनिधि विवाद सुल्झाएर मात्रै निर्वाचनमा जान सकिने बताउँदै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved