कांग्रेस १४ औँ महाधिवेशन

देउवाले आफू पक्षीय नेताहरूलाई बालुवाटार बाेलाए

इतर पक्षले छलफल तीव्र पारिरहेका बेला देउवाले पनि आज आफू पक्षीय नेताहरूको बैठक बोलाएका हुन्। उनले प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बैठक बाेलाएका हुन्।

नेपालभ्युज

देउवाले आफू पक्षीय नेताहरूलाई बालुवाटार बाेलाए
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफू पक्षीय नेताहरूको बैठक बोलाएका छन्। कांग्रेसको १४ औँ महाधिवेशनमा आफ्नो समूहबाट पदाधिकारीमा उम्मेदवारको टुङ्गो लगाउन देउवाले आफू पक्षीय नेताहरूलाई बोलाएका हुन्।

इतर पक्षले छलफल तीव्र पारिरहेका बेला देउवाले पनि आज आफू पक्षीय नेताहरूको बैठक बोलाएका हुन्। उनले प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बैठक बाेलाएका हुन्।

बैठक बिहान नौ बजेका लागि बोलाइएको छ। देउवा समूहमा अहिलेसम्म सभापतिबाहेक अन्य उम्मेदवारको टुङ्गो लागेको छैन। सभापतिमा देउवाबाहेक अरूको दाबी नभए पनि दुई महामन्त्रीका लागि चार जना आकांक्षी देखिएका छन्।

देउवा समूहबाट बालकृष्ण खाँण, प्रकाश शरण महत, विश्वप्रकाश शर्मा लगायतले महामन्त्रीमा दाबी गरेका छन्। शुक्रबारदेखि काठमाडौंमा कांग्रेसको १४ औँ महाधिवेशन शुरु हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved