एमाले महाधिवेशनमा राष्ट्रिय जनसांस्कृतिक महासंघले उत्कृष्ट कला प्रस्तुत गर्ने

नेकपा स्थापना भएको ७२ वर्ष पूरा भएको अवसरमा राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालका ७२ जना कलाकारहरुले देशैभरका कला संस्कृति र पहिरनमा सजिएर अनेकौँ राष्ट्रिय धुनका साथमा कैयौँ वाद्यवादकहरुले शुर र ताल भर्नेछन् ।

नेपालभ्युज

एमाले महाधिवेशनमा राष्ट्रिय जनसांस्कृतिक महासंघले उत्कृष्ट कला प्रस्तुत गर्ने

चितवन। नेकपा एमालेको १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा विशेष प्रकृतिको सांस्कृतिक प्रस्तुति प्रस्तुत हुने भएको छ । नारायणी नदी किनारमा हुने उद्घाटन समारोहमा विषेश प्रस्तुति हुने भएको हो।

नेकपा स्थापना भएको ७२ वर्ष पूरा भएको अवसरमा राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालका ७२ जना कलाकारहरुले देशैभरका कला संस्कृति र पहिरनमा सजिएर अनेकौँ राष्ट्रिय धुनका साथमा कैयौँ वाद्यवादकहरुले शुर र ताल भर्नेछन् ।

उपस्थित जनसमाजलाई कला र गलाद्वारा स्वगत र मनोरन्जन दिनका लागि महासंघका केन्द्रीय कलाकारहरुको साथमा राष्ट्रिय जनसांस्कृतिक महासंघ चितवनले समेत उत्कृष्ट कला प्रदर्शनी गर्ने सचिव कृष्ण खनालले बताए।

जनसाहित्य मन्च चितवनले समेत आफ्नो साहित्यक प्रस्तुति दिन तयारी गरिरहेको मन्चका चितवन अध्यक्ष अम्बिका कार्कीले बताइन्। दुवै सत्रमा प्रस्तुत गरिने कलाहरुको तयारी पूरा भइसकेको बताइएको छ।

पाँच लाखभन्दा बढी मानिस उपस्थित हुने भनिएको महाधिवेशनको लागि नारायणी नदी किनारको मैदानमा हुने खुला सभाको भौतिक तयारी र आकर्षक मन्च निर्माण गर्ने तथा स्वागतद्वारहरु निर्माण गर्ने कार्यको अन्तिम तयारी भइरहेको एमाले चितवनका सचिव प्रकाश खनालले बताए।

१० मंसिर मध्यान्ह १२ बजे उद्घाटन हुने एमालेको दशौँ महाधिवेशनको बन्द सत्र पर्यटकीय नगरी सौराहामा सम्पन्न हुने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved