अदालतको विसंगति सच्चिन राज्यका अंगको पुनर्संरचना हुनुपर्छः बाबुराम भट्टराई

भट्टराईले संरचना नै गलत भए पछि जो व्यक्ति पुगे पनि गलत काम नै हुने बताए। उनले व्यक्तिगत प्रवृत्तिभन्दा पनि संरचनाकै स्तरमा गएर समाधान हुनुपर्ने बताए।

नेपालभ्युज

अदालतको विसंगति सच्चिन राज्यका अंगको पुनर्संरचना हुनुपर्छः बाबुराम भट्टराई

काठमाडौं। सत्तारुढ जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अदालतको विसंगति सच्याउनका लागि राज्यका अंगहरुको पुनर्संरचना गरिनुपर्ने बताएका छन्।

नेपाल बार एशोसिएशनको ज्ञापनपत्र बुझ्दै डा. भट्टराईले आफू र आफ्नो पार्टी प्रणालीमा रहेका विकृति विसंगति सुधार्न राज्यको पुनर्संरचना आवश्यक भएको बताए। उनले अहिले न्यायपालिकामा समस्या देखिए पनि यसको मूल समस्य राज्यको संरचनामै रहेको बताए।

भट्टराईले संरचना नै गलत भए पछि जो व्यक्ति पुगे पनि गलत काम नै हुने बताए। उनले व्यक्तिगत प्रवृत्तिभन्दा पनि संरचनाकै स्तरमा गएर समाधान हुनुपर्ने बताए।

‘‘सकेसम्म राज्यका अंगहरुले आफ्नो समस्या आफैं समाधान गर्नुपर्छ”, डा. भट्टराईले भने, ‘‘राजनीतिक सम्यन्त्रले अब साझा धारणा बनाउँछ। छिट्टै हाम्रो धारणा सार्वजनिक गर्छौँ।”

नेपाल बारले डा. भट्टराईले १७ बुँदे ज्ञापनपत्र बुझाएको छ। त्यसअघि, बारले सभामुख अग्नि सापकोटा, पूर्वसभामुख सुवास नेम्वाङ र राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना तथा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देश गुरुङलाई ज्ञापनपत्र बुझाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved