बुर्तिबाङमा भ्यान दुर्घटना हुँदा बालकको मृत्यु

नेपालभ्युज

बुर्तिबाङमा भ्यान दुर्घटना हुँदा बालकको मृत्यु

बागलुङ। बागलुङको बुर्तिबाङमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। शुक्रबार बिहान ग २ च ५९८० नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा  तमानखोला गाउँपालिका-२ का ८ वर्षीय जोन सिर्पालीको मृत्यु भएको हो।

प्रहरी निरीक्षक जयराम वन्तका अनुसार दुर्घटनामा ढोरपाटन-१ का ५८ वर्षीय नरकितव सुनार, ढोरपाटन-६ का ३० वर्षीय विष्णुप्रसाद सापकोटा, ढोरपाटन-५ का ४७ वर्षीया सक्रेनी घर्ती, ढोरपाटन-५ कै ५० वर्षीया नरमला घर्ती, ढोरपाटन-१ का ४८ वर्षीय लेविन्द्र कुँवर र ढोरपाटन-७ का ९ का आकाश घर्ती घाइते भएका छन्।

घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved