इजलासमा फर्किएका न्यायाधीश भन्छन् – आन्दोलनप्रति विमति छैन

नेपालभ्युज

काठमाडौं। प्रधानन्यायाधीशविरुद्ध आन्दोलित न्यायाधीशहरूको समूहबाट अलग्गिएर इजलासमा फर्किएका न्यायाधीशहरूले आन्दोलनप्रति विमति नभएको बताएका छन्।

इजलासमा फर्किएका पाँच न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको विषयमा आफूहरूको एकमत भएको बताएका हुन्। बुधबार नेपाल बार एशोसिएसनसँग भएको छलफलमा उनीहरूले काममा फर्किए पनि राजीनामाको विषय भने कायम रहेको बताएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए।

दुबै बारका पदाधिकारीले सोमबार र मंगलबार १३ जना न्यायाधीशलाई भेट्दा पाँच न्यायाधीश छलफलमा सहभागी भएका थिएनन्। बुधबार न्यायाधीश तेजबहादुर केसीको कार्यकक्षमा बारका पदाधिकारीले पाँचै जना न्यायाधीशलाई भेटेका थिए ।

छलफलमा न्यायाधीशले तामेली, मिलापत्र र निवदेन फिर्ताका मुद्दा नहेर्दा दुर्घटना हुनसक्ने भएकाले दोहोरो सुनुवाइ गर्न नपर्ने खालका मुद्दाहरू सुनुवाइ गर्न थालेको बार स्रोतले बतायो ।

“न्यायाधीशले अब हामी पनि आन्तरिक छलफल गर्छौँ र नेपाल बारसँग बिमति राख्दैनौँ भनेर छलफलमा भन्नुभएको छ,” स्रोतले भन्यो, “न्यायाधीशहरूले बारसँग ‘प्रधानन्यायाधीशको सरोकार विषयमा बार बोले जसरी हामी बोल्न हाम्रो स्तरले दिँदैन’ भनेर भन्नुभयो।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved