पछिल्लो २४ घण्टामा थप ४४० जनामा कोरोना संक्रमण

नेपालभ्युज

पछिल्लो २४ घण्टामा थप ४४० जनामा कोरोना संक्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ४४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार ५ हजार ४ सय ७ जनाको पीसीआर परीक्षण गर्दा ३८७ जना र १ हजार ४ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा ५३ जना गरी ४४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै कोरोना संक्रमणबाट ६ जनाले ज्यान गुमाएका छन्। ४७४ जना निको भएका छन्। बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १० हजार ७३८ पुगेको छ।

योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ४६० पुगेको छ भने ७ लाख ९६ हजार ७८० जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१९ जना रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved