न्यायाधीशको बहिस्कारबीच सर्वोच्चमा सबै मुद्दामा पेशी तोकियो

जबराले ९ वटा संयुक्त इजलास तोकेका छन्। एउटा पूर्ण इजलासमा भने आफूलाई मात्रै राखेका छन्। उनले आफ्नो इजलासमा ७ वटा मुद्दाको पेशी तोकेका छन्।

नेपालभ्युज

न्यायाधीशको बहिस्कारबीच सर्वोच्चमा सबै मुद्दामा पेशी तोकियो

काठमाडौं। सर्वोच्च अदालतमा आजदेखि सबै प्रकारका मुद्दामा पेशी तोकिएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज १० वटा इजलास गठन गरेर २९८ मुद्दाको पेशी तोकेका छन्।

जबराले ९ वटा संयुक्त इजलास तोकेका छन्। एउटा पूर्ण इजलासमा भने आफूलाई मात्रै राखेका छन्। उनले आफ्नो इजलासमा ७ वटा मुद्दाको पेशी तोकेका छन्।

हिजो सोमबार बन्दीप्रत्यक्षीकरणका मुद्दाको मात्रै पेशी तोकेका जबराले आज सबै प्रकारका मुद्दाको पेशी तोकेका हुन्। न्यायाधीशहरुको बहिस्कारकै बीचमा उनले सबै मुद्दामा पेशी तोकेका हुन्।

हिजो सर्वोच्चमा न्यायाधीशहरुले बन्दीप्रत्यक्षीकरणको मुद्दा हेरे पनि प्रधानन्यायाधीश जबरासहितको बेञ्च बहिस्कार गरेका थिए। उनीहरुले विवाद निरुपण नहुन्जेल बन्दीप्रत्यक्षीकरणका मुद्दामात्रै हेर्ने र जबरा इजलासमा बस्न नहुने मागलाई निरन्तरता दिएका छन्।

प्रधानन्यायाधीश जबराको विरुद्धमा नेपाल बार एशोसिएशन पनि आन्दालनमै रहेको छ। न्यायाधीशहरु र बारले जबराले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग राखेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved