बार विपक्षीको आन्दोलन

आन्दोलन नरोके बार कार्यालयमा तालाबन्दी गर्ने चेतावनी

बारको आन्दोलनले आम नागरिकको न्याय सेवा पाउने अधिकार हनन भएको भन्दै आन्दोलन नरोके बार एशोसियसन अध्यक्षको कार्यकक्षमा ताला लगाउने चेतावनी दिएको छ ।

नेपालभ्युज

आन्दोलन नरोके बार कार्यालयमा तालाबन्दी गर्ने चेतावनी

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरूले कालोपट्टी मागेर प्रदर्शन गरिरहेको बेला सेतो पट्टी बाँधेर प्रदर्शन गर्दै आएको समूहले बारको कार्यकालमा तालाबन्दी गर्ने चेतावनी दिएको छ। बार एशोसियसनल विरोध कार्यक्रमलाई थप सशक्त बनाउने बताइरहँदा सेतो पट्टी बाँधेर प्रधानन्यायाधीश पक्षमा वकालत गर्ने समूहले भने विरोध जनाएको हो। बारको आन्दोलनले आम नागरिकको न्याय सेवा पाउने अधिकार हनन भएको भन्दै आन्दोलन रोक्न माग गरेको छ। नरोके मंगलबार नेपाल बार एशोसियसनको अध्यक्षको कार्यकक्षमा ताला लगाउने उसको चेतावनी छ।

कानुन व्यवसायीहरू स्वागत नेपाल, भूमिनन्द चुँडाललगायतको समूह सेतो पट्टि बाँधेर बारको आन्दोलनको विपक्षमा छ। सो पक्षले न्याय क्षेत्रको भ्रष्टाचार र बेथितिविरुद्ध आफूहरू सहमत भए पनि न्यायनिरुपणको हकबाट नागरिकहरू वञ्चित भएको विषयमा सहमत नभएको बताउँदै आएका छन्।

यसअघि कात्तिक १४ देखि १७ गतेसम्म कानून व्यवसायीहरूले प्रधानन्यायाधीश जबराविरुद्ध हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत र बार एशोसिएसन परिसरमा विरोध प्रदर्शन गरेका थिए। त्यसको विरोधमा सेतो पट्टी विरोध शूरु भएको हो। सो समूहले न्यायाधीशहरू र नेपाल बार एसोसिएसनको आन्दोलनको विधि प्रक्रियासँग असहमत राखेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved