बार निरन्तर विरोधमा, प्रधानन्यायाधीशले तोके नौ इजलास

अधिवक्ताहरुले आज चौंथो दिन पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन तथा धर्ना दिएका छन् । पूर्वनिर्धारित तालिकाअनुसार आज बारको पहिलो चरणको आन्दालनको अन्तिम दिन हो।

नेपालभ्युज

बार निरन्तर विरोधमा, प्रधानन्यायाधीशले तोके नौ इजलास

काठमाडौं। सर्वोच्च अदालतमा न्यायाधीशहरुको निरन्तर विरोधकाबीच प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराले इजलास तोकेका छन्। बुधबार सर्वोच्चमा संयुक्त ६ वटा तथा एकल तीनवटा इजलास तोकिएका छन्।

जबराले नौवटै इजलासमा बन्दीप्रत्यक्षीकरणको मुद्दामात्रै पेशी तोकेका छन्। १५ जना न्यायाधीशहरुको नौवटा इजलासमा जबराले बन्दीप्रत्यक्षीकरणका नौवटै मुद्दाको पेशी तोकेका हुन्।

यता, प्रधानन्यायाधीशको राजीनामा माग्दै विरोधमा रहेका न्यायाधीशहरु तथा नेपाल बार एशोसिएशन भने विरोधकै निरन्तरतामा छन्। बारले आज पनि धर्ना कार्यक्रमलाई निरन्तरता दिएको छ।

बारमा संगठित अधिवक्ताहरुले आज चौंथो दिन पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन तथा धर्ना दिएका छन् । पूर्वनिर्धारित तालिकाअनुसार आज बारको पहिलो चरणको आन्दालनको अन्तिम दिन हो।

यसैबीच, आजको धर्नामा सहभागीहरुले जबराको राजीनामा नआएसम्म विरोधको कार्यक्रम जारी रहने बताएका छन्।

न्यायाधीशहरुकै विरोधका कारण जबराले आफूलाई इजलासबाट अलग गराएका बुझिएको छ। अदालत चलेको देखाउनाका लागि उनले आजको इजलासमा आफूलाई नराखेको र बन्दीप्रत्यक्षीकरणको मुद्दामात्रै पेशी चढाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved