कांग्रेसले पनि छान्यो बाँकी चार मन्त्री

नेपालभ्युज

कांग्रेसले पनि छान्यो बाँकी चार मन्त्री
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको तर्फबाट बाँकी मन्त्रीहरूको नाम टुंग्याएका छन्।

कांग्रेसले पाएका मन्त्रालयहरूमध्ये देउवाले दिलेन्द्रप्रसाद बडुलाई कानून न्याय तथा संसदीय मामिला, उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, मिनेन्द्र रिजाललाई रक्षा र उमाकान्त चौधरीलाई खानेपानीमन्त्री बनाउन लागेका छन्।

यसअघि कानून मन्त्रालय सम्हालिरहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रधानमन्त्री देउवाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राखेका छन्।

रिजाल र बडु रामचन्द्र पौडेल समूहका नेता हुन्। पौडेल पक्षबाट यी दुुई नेतालाई मन्त्री बनाइए पनि पौडेलले भने यसअघि आफूसँग प्रधानमन्त्री देउवाले सल्लाह नगरेको बताएका थिए।

यसअघि कांग्रेसले आफ्नो भागबाट गृह मन्त्रालयमा बालकृष्ण खाँण र परराष्ट्रमा नारायण खड्का तथा स्वास्थ राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरिसकेको छ।

रक्षामन्त्री बन्न लागेका रिजाललाई प्रधानमन्त्री देउवाले सत्ता गठन्धनको कार्यदलमा पनि राखेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved