शुरु भयाे दशैं

हनुमानढोकामा घटस्थापना (फोटो फिचर)

आज हनुमानढोकास्थित दशैं घरमा विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको छ। आज राखिएको जमरा नवरात्र सकिएपछि विजया दशमीको दिन टीकासँगै प्रसादको रुपमा लगाइने गरिन्छ।

हनुमानढोकामा घटस्थापना (फोटो फिचर)

काठमाडौं। आजदेखि नेपालीहरुको महान चाड बडा दशैं शुरु भएको छ। दशैं अर्थात विजया दशमीको पहिलो दिन आज घरघरमा घटस्थापना गरिएसँगै दशैं शुरु भएको छ।

घटस्थापनको दिन घरघरमा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरिन्छ। वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरेर पूजा शुरु गर्ने परम्परा रहेको छ।

घरघरका पूजा कोठामा आज गाईको गोबरले लिपपोत गरेर शुद्ध बनाई जौको जमरा राख्ने गरिन्छ। जौको पहेँलो जमरालाई समृद्धिको प्रतीकका रुपमा पनि लिइन्छ। यस्तै जमरा शक्तिकी देवी दुर्गाको प्रिय वस्तु पनि हो।

सोही विधिअन्तर्गत आज हनुमानढोकास्थित दशैं घरमा विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको छ। आज राखिएको जमरा नवरात्र सकिएपछि विजया दशमीको दिन टीकासँगै प्रसादको रुपमा लगाइने गरिन्छ।

नवरात्रको नौ दिनमा भिन्नभिन्न देवीहरुको विधिपूर्वक पूजा गर्ने प्रचलन छ। नौ दिनसम्म शक्तिका देवीहरुको पूजापछि दशौँ दिन विजया दशमीको टीका लगाउने गरिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved