काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर मनाइँदैछ । श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर विवाह पञ्चमी मनाउन लागिएको हो । जनकपुरधाममा विवाह समारोहको भव्य तयारी गरिएको छ...