विवाहपञ्चमीको चौंथो दिन आज तिलकोत्सव

भोलि मंगलबार पाँचौ दिन मटकोर र छैटौँ दिन २२ मंसीर बुधबार रामसीता स्वयंवर तथा विवाह उत्सव गरिने छ। अन्तिम दिन २३ मंसीरमा रामकलेवा विधिपश्चात् विवाह पञ्चमी महोत्सवको विधिवत समापन हुनेछ।

नेपालभ्युज

विवाहपञ्चमीको चौंथो दिन आज तिलकोत्सव

जनकपुरधाम। सप्ताहव्यापी विवाह पञ्चमीको चौंथो दिन आज जनकपुरधाममा तिलकोत्सव विधि धुमधाम साथ मनाइँदैछ।

त्रेता युगमा मिथिलाका राजा जनक र अयोध्याका भगवान् श्री रामका बुवा राजा दशरथबीच भएको सम्धी मिलनको दिनलाई स्मरण गर्दै विवाह पञ्चमीको चौंथो दिन तिलकोत्सव मनाइने गरिन्छ।

उक्त दिनलाई स्मरण गर्दै आज राममन्दिरमा तिलकोत्सव मनाइने छ, जहाँ जानकी मन्दिरका महन्थ राम तपेश्वर दास बैष्ण सीताको बुवा र राम मन्दिरका महन्थ राम गिरिले भगवान् रामको बुवाको भूमिकामा रहेर सम्धी मिलन गर्नेछन्।

जानकी मन्दिरबाट सयौँ भार र बजागाजासहित राममन्दिर भार लिएर पुगेपछि तिलकोत्सव हुने गर्दछ। त्रेता युगमा जनकपुरमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी विवाह पञ्चमी मनाइने परम्परा रहँदै आएको हो।

विवाह पञ्चमीको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेश्रो दिन धनुष यज्ञ विधि सम्पन्न भइसकेकोे छ। आज चौंथो दिन तिलकोत्सव मनाइँदै छ।

भोलि मंगलबार पाँचौ दिन मटकोर र छैटौँ दिन २२ मंसीर बुधबार रामसीता स्वयंवर तथा विवाह उत्सव गरिने छ। अन्तिम दिन २३ मंसीरमा रामकलेवा विधिपश्चात् विवाह पञ्चमी महोत्सवको विधिवत समापन हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved