विवाहपञ्चमी महोत्सवको मुख्य दिन, मेला हेर्नेको भीड (फोटो फिचर)

स्वयंवर सम्पन्न, राति वैवाहिक कार्यक्रम हुने

विवाहपञ्चमी महोत्सवको मुख्य दिन, मेला हेर्नेको भीड (फोटो फिचर)

जनकपुरधाम। रामजानकी विवाह महोत्सवको मुख्य दिन स्वयंवर सम्पन्न भएको छ। बुधबार रंगभूमि मैदान (बाह्रबिघा)मा स्वयंवर कार्यक्रम सम्पन्न भएको छ।

मेला तथा महोत्सव हेर्न जनकपुरधाममा लाखौंको भीड उर्लिएको छ। मेला भर्न नेपाल र भारतको विभिन्न स्थानबाट श्रद्धालुहरू जनकपुरधाम आइपुगेका छन्। आज राममन्दिर र जानकी मन्दिरबाट डोला निकाली रंगभूमि मैदान बाह्रबिघामा गएर स्वयंवर कार्यक्रम आयोजना गरिएको हो।

स्वयंवर हुनुअघि शोभायात्रा निकालिएको छ। जानकी मन्दिरबाट जानकीको तथा राम मन्दिरबाट रामको डोला (डोली) बाजागाजासहित शोभायात्रा शुरु गरिएको थियो। नेपाली सेनाको सांगीतिक टोलीले मंगलध्वनि बजाउँदै शोभा यात्रामा सहभागी हुँदा हजारौं श्रद्धालुहरूले जयजयकार गरे। शोभायात्रा निकाल्ने तयारी भइरहँदा हेलिकोप्टरबाट पुष्पवर्षा गरेर हर्षबढाइँ गरिएको थियो। सडक पेटी र आ-आफ्ना घरको कौसीबाट सर्वसाधारणले हेरेका थिए।

शोभायात्राको भीड नियन्त्रण गर्न सुरक्षाकर्मी तथा स्वयंसेवकहरूलाई हम्मेहम्मे परेको थियो।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दासको नेतृत्वमा निस्केको जानकीको डोलासँग प्रदेश २ का पर्यटन मन्त्री शत्रुघन महतो, संघीय सांसद राजेन्द्र महतो, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहसहित उच्च सुरक्षा अधिकारीहरूको पनि सहभागिता थियो।

यसैगरी राम मन्दिरका महन्थ राम गिरीको नेतृत्वमा निस्केको रामको डोलासँग पनि हजारौं श्रद्धालु सहभागी थिए। दुवै डोला बाह्रबिघा रंगभूमि मैदान पुगेर स्वयंवरको आयोजना गरिएको थियो भने आज अबेर राति रामसीताको मिथिला विधि र परम्पराअनुसार विवाह हुनेछ। भोलि रामकलेवा भएसँगै विधिवत रूपमा विवाहपञ्चमी सम्पन्न हुनेछ।

त्रेता युगमा राम जानकीको विवाह भएको अवसर पारी मंसीर शुक्ल पञ्चमीका दिन सीताको जन्मस्थल जनकपुरधाममा प्रत्येक वर्ष विशेष महोत्सव आयोजन हुँदै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved