टिकट नपाएपछि भीम रावलको ओलीलाई १६ पृष्ठ लामो आरोप (पूर्णपाठसहित)

रावलले भनेका छन् ‘ मेरो नाम एकलरूपमा सिफारिस भएको थियो, तर म सँग कुनै परामर्श नगरी सिफारिस नै नभएको र पार्टीमा कुनै पनि योगदान नभएको व्यक्तिलाई टिकट दिइएको छ । यो निर्णय स्वेच्छाचारी, षड्यन्त्रमूलक र स्थानीय नेता कार्यकर्ताको घोर अपमान गर्ने खालको छ ।’

नेपालभ्युज

टिकट नपाएपछि भीम रावलको ओलीलाई १६ पृष्ठ लामो आरोप (पूर्णपाठसहित)

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा  नेकपा एमालेको टिकट नपाएपछि नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई १६ पृष्ठ लामो आरोप लगाएका छन् ।

अछाम–१ बाट सर्वसम्मत सिफारिस भएर पनि टिकट नपाएका रावलले बिहीबार पत्रकार सम्मेलन गरी यस्तो आरोप सार्वजनिक गरेका हुन् ।रावलले क्षेत्रीय कमिटी, जिल्ला र प्रदेश कमिटीले गरेको सर्वसम्मत निर्णय उल्ट्याएर ओलीले जनमत र पार्टीको अपमान गरेको  निष्कर्ष  निकालेका छन् ।

रावलले भनेका छन् ‘ मेरो नाम एकलरूपमा सिफारिस भएको थियो, तर म सँग कुनै परामर्श नगरी सिफारिस नै नभएको र पार्टीमा कुनै पनि योगदान नभएको व्यक्तिलाई टिकट दिइएको छ । यो निर्णय स्वेच्छाचारी, षड्यन्त्रमूलक र स्थानीय नेता कार्यकर्ताको घोर अपमान गर्ने खालको छ ।’

आफूलाई टिकट नदिन सुरुवातबाटै षड्यन्त्र गरिएको जानकारी पाएको भन्दै रावलले त्यसकै लागि पहिले आफू चुनाव नलड्ने प्रचार गरिएको दाबी पनि गरेका छन् । ‘मैले चुनाव नलड्ने भनि पहिले नै प्रचार गरियो । तर, जिल्लामा भएको कार्यक्रममा चुनाव लड्न आफू तयार रहेको भन्दै मन्तव्य दिएपछि नयाँ प्रचार सुरु गरियो ।’ रावलले भने. ‘चुनाव नलड्ने प्रचारको खन्डन भएपछि आफू सम्पर्कविहिन भएको भनेर प्रचार गरियो । त्यसपछि मैले जिल्लाको कार्यक्रममा व्यस्त रहेको र नियमित सम्पर्कमा रहेको बताए ।’

यस्तो छ आरोपको पूर्णपाठ

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved