काठमाडौँ। पूर्व फिफा रेफ्री लब खत्रीको निधन भएको छ। आज बिहान मर्निङ वाकबाट फर्किएका खत्री घर फर्किएलगत्तै शाैचालय छिरेका उनी अचेत अवस्थामा भेटिएका थिए।
उपचारका लाग मेडिसिटी अस्पताल लगिएको खत्रीलाई अस्पतालले मृत घोषणा गरेको हो। ५० वर्षीय खत्रीले सन् २०१८ मा अम्पायरिङ छोडेका थिए। हाल उनी रेफ्री इन्स्टक्टरको रूपमा कार्यरत थिए।
खत्री नेपाली फुटबलमा सर्वोत्कृष्ट रेफ्रीमध्येका एक मानिन्छन्।
पूर्व फुटबल खेलाडी समेत रहेका खत्रीले थ्रि-स्टार, फ्रेन्ड्स् र जावालाखेल युथ क्लबबाट खेलेका थिए। उनका श्रीमती र एक छोरा छन्।
Facebook Comment
Comment