सुर्खेत। जुम्लामा गठबन्धन गर्ने बिषयमा कांग्रेस भित्रै विवाद चर्किएको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र समाजवादी जनता पार्टीले चैत २६ गते गठबन्धन गर्ने सहमति गरेका थिए।
कांग्रेस पार्टीका जिल्ला सभापति कर्णबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले गठबन्धन गर्ने सहमति गरेको भएपनि पार्टीका उपसभापति लगायतका पदाधिकारीहरुले त्यसको विरोध गरेका हुन्।
नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन आवश्यकता र अवस्था अनुसार गठबनधन गरेर जाने निर्णय गरेपछि जिल्ला तहलाई निर्णय गर्न समस्याहरु देखा परेको हो।
हामी एक्लै चुनावमा जाने निर्णय गरेको र त्यस विपरीत सभापति गठबन्धनसँग सहमति गरेको हाम्रो आपत्ति रहेको जिल्ला उपसभापति कार्मा बुढाले बताए। ‘हाम्रो अधिकांस साथीहरुले गठबन्धन नगर्ने निर्णय गरेका छन्।’ उनले भने,‘त्यस विपरित सभापति जानुभयो त्यसमा हाम्रो आपत्ति रहेको छ।
Facebook Comment
Comment