महिलाहरूले रथ तानेर यसरी समापन गरियो इन्द्रजात्रा (फोटोफिचर)*

आफ्नी आमालाई वसुन्धराको व्रतका लागि पूजा सजाउन स्वर्गलोकका राजा इन्द्र काठमाडौँ आएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई चोर भनी नियन्त्रणमा लिएर डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनलाई इन्द्राजात्राका रुपमा मनाउन थालिएको किम्बदन्ती छ।

महिलाहरूले रथ तानेर यसरी समापन गरियो इन्द्रजात्रा (फोटोफिचर)*

काठमाडौं। महिलाहरूले रथ तानेर इन्द्रजात्रा समापन गरिएकाे छ। बसन्तपुर क्षेत्रका स्थानीय महिलाहरूले इन्द्रजात्राकाे रथ तानेका हुन्।

काठमाडौंलगायत देशका विभिन्न जिल्लामा वर्षा र सहकालको देवता इन्द्रको पूजा र आरधना गरी इन्द्रजात्रा पर्व मनाउने गरिन्छ।

इन्द्रजात्रालाई ‘येँया पुन्हि’ पनि भन्ने गरिन्छ। काठमाडौंमा मनाइने विभिन्न जात्रामध्ये इन्द्रजात्रा एक महत्वपूर्ण मानिन्छ। १२ औं देखि १८ औं शत्बादीमा निर्मित धेरै मठमन्दिरहरूले सजिएको हनुमान ढोका दबार क्षेत्र इन्द्रजात्राको उद्धगमस्थल हो।

आफ्नी आमालाई वसुन्धराको व्रतका लागि पूजा सजाउन स्वर्गलोकका राजा इन्द्र काठमाडौँ आएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई चोर भनी नियन्त्रणमा लिएर डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनलाई इन्द्राजात्राका रुपमा मनाउन थालिएको किम्बदन्ती छ। उक्त किम्बदन्तीअनुसार त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौँ आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लगेकी थिइन्।

इन्द्रजात्रा र पारिजातको कथा

राति इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समापन हुन्छ । पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित बागमती किनारमा सेलाउने गरिन्छ।

(सच्चाइएको: महिलाहरुले रथ तानेर हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ।)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved