ललितपुर। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ । सोमबार वैशाख शुक्ल प्रतिपदाको दिन मच्छिन्द्रनाथको रथारोहण गरिएको हो। रातो मच्छिन्द्रनाथको रथारोहण भए सँगै गुर्जुको पल्टनले बन्दुक पड्काएर बढाई गरेका थिए।
रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको सबैभन्दा लामो जात्रा हो। रथलाई जात्रा अवधिभर ललितपुरको विभिन्न टोल टोलमा घुमाइन्छ। करिब एक हजार ६०० वर्ष पुरानो यो रथयात्रा वैशाख शुक्ल प्रतिपदा देखि सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ।
हिन्दु धर्मावलम्बीहरूले मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्म पाणि’ (पञ्चबद्धमध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन्।
यो वर्ष वैशाख १७ गते अक्षय तृतीया देखि पुलचोक गां:बहाल बाट रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु हुँदै छ।
तस्वीरहरू :
Facebook Comment
Comment