भगवान्‌समेत आमाको मुख हेर्न आउने कान्तिभैरव जात्रा (तस्वीरहरू)

भगवान्‌समेत आमाको मुख हेर्न आउने कान्तिभैरव जात्रा (तस्वीरहरू)

काठमाडौं । काँठ क्षेत्रको पुरानो नेवार बस्ती गोकर्ण (हालको गोकर्णेश्वर– ४) मा हरेक वर्ष आमाको मुख हेर्ने दिन मनाइने जात्राको आफ्नै मौलिकता एवं धार्मिक इतिहास छ ।

यो जात्रा गोकर्णको पुरानो नेवार बस्ती ‘देशे’ डुकुलाछीमा रहेका भगवान् भैरव, उत्तरबाहिनीमा रहेकी आफ्नी आमा कान्ति भैरवीको मुख हेर्न सगुनसहित खानेकुरा लिएर आउँदादेखि सुरु हुन्छ । यसपछि अक्षय तृतीयको दिन समाप्त हुन्छ ।

अगाडि सगुन, भाते द्व (भातको भगवान्) र बाजागाजासहित भगवान् भैरव आफ्नी आमाको मुख हेर्न जाने परम्परालाई परापूर्व कालदेखि यो जात्राले समेट्दै आएको छ ।

यसरी आमाको मुख हेर्न आएका भैरवलाई गाउँको सबै टोल घुमाई साँझ आफ्नै मन्दिर भएको स्थानमा लगिन्छ र त्यो दिनको जात्रा सकिन्छ ।

यसैगरी, निरन्तर भैरवको खट गाउँ टोल घुमाएपछि अक्षत तृतीयको दिन भैरवलाई धार्मिक विधिपूर्वक आफ्नै मन्दिरमा विराजमान गराएसँगै जात्रा समापन हुन्छ ।

आमाको मन्दिरबाट फर्कने बेला भैरवलाई सिन्दुर जात्रासहित बिदाइ गरिन्छ ।

तस्वीरहरू हेरौँ :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved