नागा बाबा, साधुसन्तका अनेक रूप (तस्वीरहरू)

नागा बाबा, साधुसन्तका अनेक रूप (तस्वीरहरू)

काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा पाशुपत क्षेत्र भारत तथा नेपालका विभिन्न स्थानबाट आएका साधुसन्तहरुले भरिन थालेको छ ।

महाशिवरात्रिमा बर्सेनी साधुसन्तहरू भगवान् शिवको दर्शन गर्न पशुपतिनाथ आउने गर्दछन् ।

यो वर्ष भने विगतका वर्षभन्दा केही कम साधुसन्त पशुपति आएका छन् । भारतको प्रयागराजमा जारी महाकुम्भले गर्दा साधुसन्तको आगमनमा कमी आएको अनुमान गरिएको छ ।

पाशुपत क्षेत्रमा साधुसन्तको लागि राम मन्दिर परिसर लगायतका क्षेत्र र नाँगा बाबाहरूको लागि पशुपति मन्दिरभित्र स्थान व्यवस्था गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषले यस वर्ष करिब ५ लाख भक्तजनले पशुपतिनाथ मन्दिर दर्शन गर्ने अनुमान गरेको छ ।

हेरौँ, तस्वीरहरू –


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved