एनपीएल : जसले सबैभन्दा धेरै विकेट लिए

नेपालभ्युज

एनपीएल : जसले सबैभन्दा धेरै विकेट लिए

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणमा उपविजेता टोली सुदूरपश्चिम रोयल्सका फास्ट बलर स्कट कुगलेइन सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका छन् ।

उनले ९ खेलमा १७ विकेट लिए । उनले पोखराविरुद्ध ५ विकेट लिएका थिए ।

समान १७ नै विकेट लिएका जनकपुर बोल्ट्सका ललित राजवंशी दोस्रो स्थानमा रहे । उनले १० खेलमा सो विकेट लिएका हुन् । उनले उत्कृष्ट प्रदर्शन काठमान्डु गुर्खाजविरुद्ध रह्यो । उनले ८ रन खर्चेर ३ विकेट लिएका थिए । उनले प्रतियोगितामा ५ मेडन ओभरसमेत बलिङ गरेका छन् ।

तेस्रो स्थानमा चितवन राइनोजका फास्ट बलर सोहेल तानबिर छन् । उनले ८ खेलमा १४ विकेट लिएका छन् । उनले आफ्नो पहिलो खेलमै काठमान्डुविरुद्ध ५ विकेट लिएका थिए ।

चौथो स्थानमा जनकपुर बोल्ट्सका फास्ट बलर किशोर महतो रहेका छन् । उनले १४ विकेट लिएका छन् ।

साथै, पाँचौ स्थानमा कर्णाली याक्सका आइकोनिक प्लेयर विपिन शर्मा रहे । उनले ८ खेलमा १३ विकेट लिएका छन् । उनी एनपीएलका सबैभन्दा कान्छा खेलाडीसमेत हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved