कर्णालीले दियो चितवनलाई १७६ रनको लक्ष्य, दुई ब्याटरको अर्धशतक

नेपालभ्युज

कर्णालीले दियो चितवनलाई १७६ रनको लक्ष्य, दुई ब्याटरको अर्धशतक

काठमाडौं । एनपीएलमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी एलिमिनेटर खेलमा कर्णालीले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १७५ रन बनाएको हो ।

कर्णालीका लागि जयकिशन कोसावाला र विलियम बोसिस्टोले अर्धशतकीय पारी खेले । कोसावालाले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५३ रन बनाए ।

विलियम बोसिस्टोले ३७ बलमा अर्धशतक पूरा गरे । सो क्रममा उनले ३ चौका र २ छक्का प्रहार गरे । उनले ५२ रनको योगदान गरेका छन् ।

विस्फोटक ब्याटिङ गरेका च्याडविक वाल्टनले २३ बलमा अविजित ४६ रन बनाए ।

चितवनका लागि भने सोहेल तानबिरले २ तथा कप्तान कुशल मल्ल, शरद भेषवाकर र रवि बोपाराले १–१ विकेट लिए ।

यस खेलको विजेताले दोस्रो क्वालिफायरमा स्थान पक्का गर्नेछ । पराजित टोलीको भने एनपीएलको यात्रा समाप्त हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved