एनपीएल

क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर, एलिमिनेटरमा चितवन र कर्णाली भिड्ने

नेपालभ्युज

क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर, एलिमिनेटरमा चितवन र कर्णाली भिड्ने

काठमाडौं । एनपीएलको लिग चरणको अन्तिम खेल सकिएसँगै क्वालिफायर र एलिमिनेटरमा प्रतिस्पर्धा गर्ने टोलीको छिनोफानो भएको छ ।

बुधबार हुने पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । क्वालिफायरमा जित हासिल गर्ने टोलीले फाइनलमा स्थान पक्का गर्नेछ । पराजित टोलीले भने दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै, एलिमिनेटरमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । एलिमिनेटर बिहान ९ बजे सुरु हुनेछ भने क्वालिफायर दिउँसो १ बजे सुरु हुनेछ । दुवै खेल बुधबार हुनेछन् ।

दोस्रो क्वालिफायरमा विजयी भएको टोलीले भने फाइनलमा स्थान पक्का गर्नेछ । सो खेल बिहीबार दिउँसो सवा २ बजे सुरु हुनेछ । शुक्रबार एनपीएलको कुनै पनि खेल छैन ।

शनिबार हुने एनपीएलको फाइनल सवा १२ बजे सुरु हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved