एनपीएल

पोखरालाई हराउँदै सुदूरपश्चिम बन्यो प्लेअफमा प्रवेश गर्ने दोस्रो टोली

नेपालभ्युज

पोखरालाई हराउँदै सुदूरपश्चिम बन्यो प्लेअफमा प्रवेश गर्ने दोस्रो टोली

काठमाडौं । रोमाञ्चक खेलमा पोखरा एभेन्जर्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा प्रवेश गरेको छ । प्लेअफमा पुग्ने सुदूरपश्चिम रोयल्स दोस्रो टोली हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरपश्चिमले पोखरालाई पाँच रनले पराजित गर्यो ।

जितसँगै १० अंक बनाएको सुदूरपश्चिम तालिकामा शीर्ष स्थानमा उक्लेको छ । यसअघि जनकपुर बोल्ट्सले प्लेअफमा स्थान पक्का गरिसकेको थियो ।

१५४ रनको लक्ष्य पछ्याएको पोखरा अन्तिममा सम्हालिन सकेन र पराजित भयो । अन्तिम ओभरमा ८ रन चाहिएकोमा मात्र दुई रन बनाउँदा तीन विकेट गुमाएपछि पोखरा दुई बल अगाडी नै अलआउट भयो ।

पोखराका लगि एन्ड्रिज गौसले ३६ रन बनाए । दिनेश खरेलले १५ र जेन मलिकले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

सुदूरपश्चिम स्कट क्रिस्टोफर कुगेलेइनले एक्लै पाँच विकेट लिए । हर्मित सिंहले ३ विकेट लिएर जितमा योगदान गरे ।

त्यसअघि सुदूरपश्चिमले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १५३ रन बनाएको थियो । आरिफ शेखले अविजित ४२ र ब्राण्डन म्याकमुलनले २३ रन बनाए ।

यस्तै दीपेन्द्र सिंह ऐरीले २०, विनोद भण्डारीले १४ र हर्मित सिंहले १३ रनको योगदान गरे ।

पोखरा एभेन्जर्सका लागि कुशल भूर्तेलले २ तथा रेमन रेफर, सागर ढकाल र माइकल लिस्कले १–१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved