बासिर अहमद ‘प्लेयर अफ द म्याच’

नेपालभ्युज

बासिर अहमद ‘प्लेयर अफ द म्याच’

काठमाडौं । एनपीएलमा चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किङ्गसका बासिर अहमद ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् ।

शुक्रबार भएको खेलमा ६८ रन बनाउनुका साथै १ विकेट लिएका उनले सो अवार्ड प्राप्त गरेका हुन् । उनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

अहमदले नै ‘सुपर फोर’ को अवार्ड जिते । जसमा २५ हजार रुपैयाँको पुरस्कारसहित ५ हजार रुपैयाँको एनसेल रिचार्ज भौचर पनि प्राप्त गरेका छन् ।

विराटनगरका सुवास भण्डारीले ‘ममेन्ट अफ द म्याच’ अवार्ड जिते । उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

विराटनगरका प्रतिश जिसीले ‘क्याच अफ द म्याच’ जिते । उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved