बासिरको उत्कृष्ट ब्याटिङमा विराटनगरले दियो चितवनलाई १८२ रनको लक्ष्य

नेपालभ्युज

बासिरको उत्कृष्ट ब्याटिङमा विराटनगरले दियो चितवनलाई १८२ रनको लक्ष्य

काठमाडौं । विराटनगर किंग्सले चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ थालेको विराटनगरले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १८१ रन बनाएको हो ।

विराटनगरका लागि बासिर अहमदले ६८ रन जोडे । उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।

ओपनर मार्टिन गप्टिलले ३५ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ४५ रन बनाए । राजेश पुलामीमगरले ३३ रन बनाए । उनले १ चौका र ३ छक्का प्रहार गरे ।

चितवनका लागि रिजन ढकालले दुई तथा कप्तान कुशल मल्ल, सोहेल तानबिर र बासिल अहमदले एक/एक विकेट लिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved