चितवनलाई काठमाडौंको ११२ रनको लक्ष्य, तानबिरको ५ विकेट

नेपालभ्युज

चितवनलाई काठमाडौंको ११२ रनको लक्ष्य, तानबिरको ५ विकेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा काठमाडौं गुर्खाजले चितवन राइरोजलाई ११२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ थालेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाउँदै १११ रन बनाएको हो ।

काठमाडौंका लागि सुमित महर्जनले २९ रन जोड्दा माइकल लेभिटले २५ रनको योगदान गरे । शंकर रानाले १६ रन, डेन डउथवेटले १९ रन जोडे ।

चितवनका सोहेल तानबिरले ५ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved