एनपीएलमा अर्धशतक बनाउने पहिलो खेलाडी बने मार्टिन गप्टिल

नेपालभ्युज

एनपीएलमा अर्धशतक बनाउने पहिलो खेलाडी बने मार्टिन गप्टिल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा विराटनगर किंग्सका ओपनर मार्टिन गप्टिलले अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी उद्घाटन खेलमा जनकपुर बोल्ट्सविरुद्ध उनले ३६ बलमा अर्धशतक बनाएका हुन् । यो एनपीएलको पहिलो अर्धशतक पनि हो ।

अहिलेसम्म विराटनगर १२ ओभरमा ३ विकेट गुमाएर ८३ रन बनाएर खेलिरहेको छ ।

टस जितेर जनकपुरले बलिङ रोजेसँगै विराटनगर ब्याटिङमा उत्रिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved