एनपीएल एसोसिएट राष्ट्रको आईपीएल हो : करण केसी

नेपालभ्युज

एनपीएल एसोसिएट राष्ट्रको आईपीएल हो : करण केसी

काठमाडौं । काठमाडौं गुर्खाजका मार्की खेलाडी करण केसीले नेपाल प्रिमयर लिग (एनपीएल)लाई एसोसिएट राष्ट्रको आईपीएल भएको बताएका छन् ।

एनपीएलको ट्रफीको अनावरणपश्चात पत्रकारसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

‘यो एनपीएलको पहिलो संस्करण हो । अहिले नै ठूला/ठूला खेलाडीहरु आइरहेका छन् । अबको १० वर्षमा एनपीएल अझै बृहत हुनेछ । एनपीएल एसोसिएट क्रिकेटको आईपीएल नै हो, ’ करणले भने ।

उनले आफ्नो टोली भने सन्तुलित रहेको बताए । करणले भने, ‘विगत एक महिनादेखि टोलीले तयारी गरिरहेको छ । राष्ट्रिय टोलीका खेलाडीहरु छन् । नयाँ तथा अनुभवी खेलाडी छन् । युवा खेलाडी छन् । टोली सन्तुलित छ । हामी सबैको तयारी राम्रो भइरहेको छ । टोलीको तालिम राम्रो भइरहेको छ ।’

उनले नेपाली क्रिकेटले विश्वको ध्यानाकर्षण गरिरहेको पनि बताए । ‘नेपालमा क्रिकेट छ भनेर नै थाहा थिएन तर, विगत दुई वर्ष यो धारण परिवर्तन आएको छ । विश्वको ध्यानाकर्षण गर्ने यो ठूलो मौका हो, ’ करणले भने, ‘स्टार स्पोर्ट्स हुँदा एनपीएलपछि नेपाली क्रिकेट अझैमाथि जान्छ । जसरी आईपीएल १४–१५ सिजनमा पुग्छ, त्यसरी नै एनपीएल पनि १४–१५ सिजनमा पुग्दा खेलाडी मात्र नभई नेपालको विकास गर्नेछ ।’

उनले एनपीएलले खेलाडीको भविष्य सुनिश्चितामा पनि मद्दत पुग्ने बताए । उनले भने, ‘पहिले खेलाडीले आफ्नो भविष्यको चिन्ता लिनुपर्थ्यो तर, जसरी एनपीएल आएको छ । यसरी नै १० वर्ष अगाडि बढ्यो भने कुनै पनि खेलाडीले चिन्ता गर्नुपर्दैन ।’

एनपीएल क्रिकेटरहरुका लागि दशैंतिहार नै भएकोले समर्थकहरुलाई आएर साथ दिन पनि आग्रह गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved