१६ महीनापछि चल्यो नेपालमा रेल (भिडिओ)

कम्पनीले भारतबाट १४ जना प्राविधिक ल्याएर रेलको परीक्षण गरेको हो। लामो समयदेखि थन्किएको भएर रेलको अवस्था जाँच्नका लागि परीक्षण गरिएको कम्पनीले जनाएको छ।

नेपालभ्युज

१६ महीनापछि चल्यो नेपालमा रेल (भिडिओ)

काठमाडौं। पार्टपूर्जामा खिया लाग्न थालेपछि नेपाल रेल्वे कम्पनीले १६ महिलेदेखि त्रिपालमुनि थन्किएको रेलको परीक्षण गरेको छ।

धनुषाको इनर्वामा रहेको स्टेसनबाट जनकपुरको कुर्थासम्म रेलको परीक्षण गरिएको हो। जनकपुरमा रेल पुग्दा सेल्फी लिनेहरुको ठूलो भीड नै लागेको थियो।

कम्पनीले भारतबाट १४ जना प्राविधिक ल्याएर रेलको परीक्षण गरेको हो। लामो समयदेखि थन्किएको भएर रेलको अवस्था जाँच्नका लागि परीक्षण गरिएको कम्पनीले जनाएको छ।

परीक्षणपछि पनि उक्त रेल इनर्वा स्टेसनमा नै पार्किङ गरिने कम्पनीले जनाएको छ। केही पार्टपूर्जा बिग्रेगो भए मर्मत गर्ने पनि कम्पनीले जनाएको छ।

यसअघि, २ असोज २०७७ मा भारतबाट दुई सेट रेल नेपाल ल्याइएको थियो। त्यससमयमा ८४ करोड ६५ लाख रुपैयाँमा नेपाल सरकारले रेल खरिद गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved