डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डले तेस्रो पटक जित्ला उपाधि ? जानौं बलियो र कमजोर पक्ष

नेपालभ्युज

डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डले तेस्रो पटक जित्ला उपाधि ? जानौं बलियो र कमजोर पक्ष

काठमाडौं । आईसीसी टी-२० विश्वकप जुन २ देखि सुरु हुँदैछ । यस पटक प्रतियोगितामा २० टीमको सहभागिता रहेको छ ।

यी टोलीहरूमध्ये हामी कुरा गर्दैछौं, डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डको ।

सन् २०१०, २०१६ र २०२२ मा फाइनलमा पुगेको इङ्ल्यान्डले पहिलो र तेस्रो पटक जित हात पारेको थियो भने सन् २०१६ मा वेस्ट इन्डिजले सन् २०१० को बदला लिएको थियो ।

यस्तो अवस्थामा इंग्लिस टिमले चौथो पटक फाइनल र तेस्रो पटक च्याम्पियनसिप जित्ने सपना देख्न सक्ने कारक तत्वहरू के-के छन् जान्नौं-

इङ्ल्यान्डको हतियार नै कोर टीम

समूह ‘बी’मा इङ्ल्यान्डसँगै चिर प्रतिद्वन्द्वी अस्ट्रेलिया, नामिबिया, ओमान र स्कटल्याण्ड छन् ।

डिफेन्डिङ च्याम्पियन इङ्ल्यान्डले यस पटक पनि सन् २०२२ को टी–२० विश्वकप विजेता टोलीबाट धेरै खेलाडीलाई समेटेको छ । जसमा पाकिस्तानविरूद्ध फाइनल खेलेका आठ खेलाडीले यसपटक पनि खेल्नेछन् ।

चोटग्रस्त बेन स्टोक्स, रिटायर्ड एलेक्स हेल्स र क्रिस वोक्स यस पटक देखिने छैनन् ।

टी–२० अन्तर्राष्ट्रियमा इंग्ल्यान्डको कीर्तिमान खासै राम्रो छैन । इंग्ल्यान्डले पछिल्लो पटक बंगलादेश र वेस्ट इन्डिजसँगको शृङ्खला पराजयसहित १२ मध्ये ८ खेलमा हार व्यहोरेको छ ।

टोलीको शीर्ष क्रम र तल्लो क्रमको पुनरागमनले टोलीका कप्तान जोस बटलरले हालैका समयमा अन्तर्राष्ट्रिय क्रिकेट र आईपीएलमा गरेको मिश्रित योगदानलाई झल्काउँछ ।

तर, ओपनर फिल साल्टको निडर हिटिङ क्षमताले इङ्ल्यान्डको शीर्ष क्रमलाई बलियो बनाउनेछ । जोनी बेयरस्टो, ह्यारी ब्रूक, लियाम लिभिङस्टोन र विल ज्याक्स जस्ता खेलाडीले ब्याटिङ लाइन अपलाई बलियो बनाएका छन् ।

कमजोर पक्ष

वेस्ट इन्डिजको पिच स्पिनमैत्री मानिन्छ । जबकि इंग्ल्यान्डका ब्याट्सम्यान स्पिनका विरूद्ध संघर्षरत छन् ।

पछिल्ला १३ खेलमा इंग्ल्याण्डका ब्याट्सम्यानले स्पिनरविरूद्ध ७६५ रन बनाएका छन्, जुन पूर्ण सदस्य टोलीमा सबैभन्दा कम हो ।

पछिल्लो डेढ वर्षमा इंग्ल्याण्डको बलिङ पनि सफल हुन सकेको छैन, त्यसैले टोलीमा केही परिवर्तन गरिएको छ । टोलीमा अनुभवी बलर जोफ्रा आर्चर, क्रिस जोर्डन, आदिल राशिद रहेका छन् ।

इंग्ल्याण्डको टोली-

जोस बटलर (कप्तान), मोइन अली, जोफ्रा आर्चर, जोनाथन बेयरस्टो, ह्यारी ब्रूक, साम कुरान, बेन डकेट, टम हार्टले, विल ज्याक्स, क्रिस जोर्डन, लियाम लिभिङस्टोन, आदिल राशिद, फिल साल्ट, रीस टोपले, मार्क वुड ।

टी-२० विश्वकप : नेपाली टोली र खेल्ने स्टेडियमसहित अन्य सम्पूर्ण जानकारी

टी-२० विश्वकप : कुन-कुन टोली सेमिफाइनलमा पुग्लान् ? यस्तो छ गावस्करको भविष्यवाणी

टी-२० विश्वकपमा नेपालले अफगानिस्तानलाई हराउँदा

टी-२० विश्वकप : नेपाली टोली र खेल्ने स्टेडियमसहित अन्य सम्पूर्ण जानकारी

टी–२० विश्वकप : प्रतियोगितासँग सम्बन्धित ६ नयाँ कुरा

अमेरिकामा किन हुँदैछ टी-२० विश्वकप, आईसीसीलाई कसरी पुग्छ फाइदा ?

‘बेटिङ गढ’मा टी-२० विश्वकप : २०२३ मा करिब १० लाख करोड भारू बराबरको सट्टेबाजी

नेपालीले कसरी नि:शुल्क हेर्न सक्छन् टी-२० विश्वकपका खेल ?

टी-२० विश्वकप : सहभागी सबै देशको स्क्वाड (सूचीसहित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved